
सोमवार , कार्तिक २९, २०७८
भैरहवा, २९ कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आइतबार सियारीमा सम्पन्न रुपन्देही क्षेत्र नम्बर ३ को महाधिवेशन प्रतिनिधि छनौट निर्वाचनमा प्रतिनिधिहरु निर्विरोध चयन भएका छन् ।
क्षेत्र नम्बर ३ (१) बाट खुल्लातर्फ एमालेका प्रदेश कमिटी सचिवालय सदस्य विश्वराज बराल (अनुप बराल), जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थी र महिलातर्फ एमाले जिल्ला कमिटी सदस्य उमा अधिकारी सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसै गरी क्षेत्र नम्बर ३ (२) बाट एमालेका लुम्बिनी प्रदेश सदस्य तुल्सी प्रसाद चौधरी, एमाले जिल्ला कमिटी सचिवालय सदस्य रामप्रसाद रेग्मी र महिलाबाट पार्टीको जिल्ला कमिटी सदस्य ममता कंडेल महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएको एमाले प्रदेश कमिटी सचिवालय सदस्य विश्वराज बराल (अनुप)ले बताए ।
एमाले रुपन्देही क्षेत्र नम्बर ३ मा २ हजार ७ सय भन्दा बढी पार्टी सदस्य रहेको पार्टीले जनाएको छ । एमालेको १० औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij