
सोमवार , कार्तिक २९, २०७८
भैरहवा, २९ कात्तिक ।
नेपाली कांग्रेस रुपन्देहीले १३ औं महाधिवेशनबाट निर्वाचित भइ विभिन्न तह र तप्कामा रहेर आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने तीन सय बढी नेता तथा कार्यकर्तालाई सम्मान गर्ने भएको छ ।
१३ औं महाधिवेशनबाट निर्वाचित भइ पार्टी तथा जनताको हितमा काम गरेको भन्दै जिल्ला कार्यसमिति, प्रदेश, क्षेत्रीय, वडा, नगर समिति तथा साविक गाउँ समितिका सभापतिहरुलाई यही मंसिर १ गते बुधबार सम्मान गर्न लागिएको नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।
सो अवसरमा कांग्रेस रुपन्देहीको लागि विशिष्ट योगदान पुर्याएका अन्य सामाजिक व्यक्तिहरुलाइ पनि सम्मान गरिने कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले जानकारी दिए ।
मंसिर १ गते सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ स्थित युनिक बेन्क्युटमा हुने कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांण र विशिष्ट अतिथि सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह रहने कांग्रेस रुपन्देहीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij