
मंगलवार , कार्तिक ३०, २०७८
भैरहवा, ३० कात्तिक ।
नेपाली कांग्रेस रुपन्देही प्रदेशसभा क्षेत्र नम्बर ३ (क)को सभापति पदमा अधिवक्ता पुरन प्रसाद श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । यही मंसिर ३ गते हुने अधिवेशनमा आफूले सभापति पदमा उम्मदेवारी दिने श्रेष्ठले बताए ।
नेपाली कांग्रेसलाई विधानसम्मत रुपमा चलायमान बनाउन उम्मेदवारी दिने उनले बताए । ‘पार्टीलाई विधिसम्मत ढंगले अगाडी बढाउनुपर्छ, एकताबद्ध भएर अगाडी बढ्नुपर्छ, ’उनले भने । उनले मतदान गरी आफूलाई विजयी गराउन मतदाता समक्ष आग्रह समेत गरेका छन् ।
यस्तो छ पुरन प्रसाद श्रेष्ठको परिचय
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मा जन्मिएका पुरन प्रसाद श्रेष्ठ २०४९ सालमा भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा निर्वाचित भएका थिए । उनले दुई कार्यकाल कांग्रेस सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को बुथ सभापति, दुई कार्यकाल क्षेत्रीय सचिवको
जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै श्रेष्ठले दुई कार्यकाल पार्टीको क्षेत्र नम्बर ३ (क) को समेत जिम्मेवारी सम्हालेका छन् । श्रेष्ठले नेपाल तरुण दल र नेपाल विद्यार्थी संघमा रही जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
विभिन्न संघ–संस्थामा कानूनी सल्लाहकारको जिम्मेवारी सम्हालेका श्रेष्ठ भैरहवा नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिको पूर्व सदस्य समेत हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij