२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

प्रदेश राजधानी सार्ने प्रस्तावमा पुर्नविचार गर्नुपर्छ : राष्ट्रिय युवा संघ रुपन्देही

सोमवार , आश्विन १९, २०७७

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • भैरहवा, १९ असोज ।
    राष्ट्रिय युवा संघ, नेपाल जिल्ला कमिटी रुपन्देहीले प्रदेश राजधानी बुटवलबाट अन्यत्र सार्ने प्रस्तावमा पुर्नविचार गर्न माग गरेको छ । संघले जनमतको कदर गर्न प्रदेश सरकार समक्ष आग्रह गरेको छ ।

    राष्ट्रिय युवा संघ रुपन्देहीले विज्ञप्ती जारी गर्दै प्रदेश सरकारले स्थायी राजधानीका सन्दर्भमा गरेको निर्णयमा संविधानको भावनालाई आत्मसात नगरेको जनाएको छ । संघका संयोजक कृष्ण थापा र सह–संयोजक केशव कुंवरद्वारा जारी विज्ञप्तीमा भनिएको छ, प्रदेश ५ को नामाकरण र स्थायी राजधानीका सम्बन्धमा प्रदेश सरकारकातर्फबट प्रदेशसभामा पेश गरिएको प्रस्तावका सन्दर्भमा हाम्रो संगठन, राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको छ ।

    प्रदेश सरकार गठन भए यता बुटवल क्षेत्रमा राजधानीको बारेमा धेरै तयारी सबैलाई अवगत छ, राजधानीको लागि यहाँ भौतिक पूर्वाधारको लागि राज्यकोषबाट ठूलो व्ययभार समेत परेको छ, विभिन्न संघ–संस्थाहरुले आफुलाई अप्ठ्यारो पर्दापर्दै भवनहरु उपलब्ध गराएको विषय सबैलाई जगजायर छ, विज्ञप्तीमा उल्लेख छ ।

    120581541_2764874430454915_2509180328491025215_n.jpgयस्तो परिदृश्यमा यस क्षेत्रका बासिन्दाहरुको भावनाविपरीत हठात् राजधानी सार्ने प्रस्ताव प्रदेशसभामा पेश गरिएको विषयले युवाशक्ति स्तब्ध भएको राष्ट्रिय युवा संघ रुपन्देहीका सह–संयोजक केशव कुंवरले बताए ।