
आइतवार , मंसिर ५, २०७८
भैरहवा, ५ मंसिर ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न रुपन्देही क्षेत्र नम्बर १ प्रदेशसभा १ (क) र (ख)मा पार्टीका सभापति शेरबहादुर देउवा समूहको प्यानल नै विजयी भएको छ । प्रदेशसभा १(क)को सभापतिमा नविन राज आचार्य निर्वाचित भएका छन् । आचार्यले १९१ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सभापतिका अर्का उम्मेदवार सरोज जीसीले ११७ मत प्राप्त गरे ।
त्यस्तै क्षेत्र नम्बर १ (ख)मा देउवा समूहकै मदन प्रसाद पोख्रेल निर्वाचित भएका छन् । उनले १८० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सभापतिका अर्का उम्मेदवार अवध विहारी दुबेले ११७ मत प्राप्त गरे ।
रुपन्देही क्षेत्र नम्बर १ को दुवै प्रदेशसभा क र ख मा कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक निकट उम्मेदवार निर्वाचित भएको एक नेताले बताए । रज्जाक यस अघि क्षेत्र नम्बर १ बाट सांसदमा निर्वाचित भइ खानेपानी तथा सरसफाई राज्यमन्त्री भएका थिए । उनी पार्टी सभापति शेर बहादुर देउवा निकट मानिन्छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij