
आइतवार , मंसिर ५, २०७८
भैरहवा, ५ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपालले सिद्धार्थनगरमा संगठन विस्तारलाई तीव्रता दिएको छ । युवा संघले वडा कमिटी विस्तारलाई तीव्रता दिएको युवा संघका सिद्धार्थनगर सचिव रोशन थापाले बताए ।
यसैबीच राष्ट्रिय युवा संघले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले प्रेम श्रीवास्तवको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कमिटी सर्वसम्मत गरेको युवा संघका नगर सचिव रोशन थापाले बताए । जसको उपाध्यक्षमा विनम्र थापा, सचिवमा विशाल श्रेष्ठ, उप–सचिवमा राजन अर्याल र सकिल अहमद रहेका छन् ।
राष्ट्रिय युवा संघ सिद्धार्थनगरका उपाध्यक्ष फिरोज धुनियाको अध्यक्षता, एमाले सिद्धार्थनगरका पूर्व सचिव तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष थानेश्जर पौडेलको प्रमुख आतिथ्यता, राष्ट्रिय युवा संघ सिद्धार्थनगर कमिटीका अध्यक्ष कृष्ण मल्ल ठकुरीको विशिष्ट आतिथ्यता, एमाले सिद्धार्थनगर–३ का अध्यक्ष गणेश प्रसाद बेल्बासेको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij