२०८३, बैशाख २९ गते

May 12 2026 | २०८३, बैशाख २९ गते

माओवादी केन्द्र ओमसतिया–६ को अध्यक्षमा राजकुमार मिश्र

आइतवार , मंसिर ५, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, ५ मंसिर ।
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ओमसतिया गाउँपालिका वडा नम्बर ६, रुपन्देहीको प्रथम वडा सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले पुनः राजकुमार मिश्रको अध्यक्षतामा २९ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ । 

    माओवादी केन्द्रका नेता तथा ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)को प्रमुख आतिथ्यता, नेता मक्सुद अली, माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदिप कुमार पाण्डेय, ओमसतिया गाउँपालिका इञ्चार्ज गोविन्द केवट, सह–इञ्चार्ज भगवती कुमारी थरुनीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा बोल्ने नेताहरुले माओवादी केन्द्र नै जनताको हकअधिकारको लागि आवाज उठाउने पार्टी भएको दावी गरे ।