मंगलवार , मंसिर ७, २०७८
भैरहवा, ७ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ को महाधिवेशन प्रतिनिधि छनौट निर्वाचनमा प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर ३(क) बाट पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, पूर्व गृहमन्त्री निरञ्जन थापा, लक्ष्मी मल्ल, संगिता गुरुङ, मेनुका गौतम, गुमानसिंह सोनी, कैलाश गुरुङ, अजय कुमार गुप्ता, राजेश ढकाल र बसन्त विक्रम शाही सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै क्षेत्र नम्बर ३ (ख)बाट दिनानाथ अहिर (यादव), मान बहादुर रसाइली (वि.क.), शंकर बहादुर कार्की, मीना थारु, लिला कुमारी थारु, माया रोका, हेमन्त चौधरी, अमर बहादुर थापा, शिव प्रसाद चौधरी, बेग बहादुर घिमिरे, प्रेम नारायण चौधरी, प्रेम बहादुर थापा कुवर र पुष्पराज थारु सर्वसम्मत रुपमा चयन भएको राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।
त्यस्तै जिल्लाका १६ वटै पालिकाका अध्यक्ष, १० वटा प्रदेशसभा र ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अध्यक्ष महाधिवेशनको पदेन सदस्य रहने गुप्ताले जानकारी दिए । राप्रपाको केन्द्रीय महाधिवेशन यही मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
