
बुधवार , मंसिर ८, २०७८
भैरहवा, ८ मंसिर ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा सुशिल गुरुङ प्यानलले अग्रता लिएको छ । १ सय मतगणना हुँदा सभापति पदका उम्मेदवार सुशिल गुरुङले ६२ मत प्राप्त गरेका छन् । सभापतिका उम्मेदवार मातृका प्रसाद यादवले ३५ र अर्का सभापति पदका उम्मेदवार महेन्द्र प्रसाद यादवले १ मत प्राप्त गरेको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।
त्यस्तै सचिवमा लेखनाथ भट्टराईले ५२ मत, भवानी प्रसाद शर्माले ५९, शैलेश कुमार पन्तले ३३ र टंक प्रसाद पाण्डेले ३३ मत प्राप्त गरेका छन ।
सह–सचिवमा कुल प्रसाद न्यौपानेले ५५ मत, प्रेम सागर थारुले ५६, सुरेन्द्र धवलले ३६ र अमृता लम्साल बरालले ३८ मत प्राप्त गरेका छन ।
६ सय ७२ मतदाता रहेको निर्वाचन क्षेत्रमा ६ सय ५० मत खसेको थियो । मंगलबार मतदान भएकोमा बुधबार मतगणना सुरु भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij