images

शनिवार, बैशाख ८ गते २०८१

कांग्रेस रुपन्देही–३ को सभापतिमा सुशिल गुरुङ विजयी

कांग्रेस रुपन्देही–३ को सभापतिमा सुशिल गुरुङ विजयी

images
images
images
बिहिवार, मंसिर ९ २०७८
बिहिवार, मंसिर ९ २०७८
  • कांग्रेस रुपन्देही–३ को सभापतिमा सुशिल गुरुङ विजयी

    भैरहवा, ९ मंसिर ।
    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को निर्वाचनमा संस्थापन समूहका सुशिल गुरुङ विजयी भएका छन् । गुरुङ समूहको प्यानल नै विजयी भएको हो । 

    images
    images
    images

    ६५० मत खसेकोमा गुरुङले ३७७ मत प्राप्त गरी विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार मातृका प्रसाद यादवले २४२ र महेन्द्र प्रसाद यादवले ४ मत प्राप्त गरेका छन् । संस्थापन समूहका गुरुङ यस अघि क्षेत्रीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए भने संस्थापन इतर समूहका मातृका यादव क्षेत्रीय सभापतिको जिम्मेवारीमा थिए ।

    सचिवमा भवानी प्रसाद शर्माले ३६७ र लेखनाथ भट्टराईले ३३२ मत प्राप्त गरी निर्वाचित भएका छन् । सचिवमा उम्मेदवार टंक प्रसाद पाण्डेले २२७ र शैलेस कुमार पन्तले २१८ मत प्राप्त गरेका छन् ।

    त्यस्तै सह–सचिवमा कुल प्रसाद न्यौपानेले ३७२ र प्रेम सागर थारुले ३८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । सह–सचिवका उम्मेदवार अमृता लम्साल बरालले २२५ र सुरेन्द्र धवलले २१० मत प्राप्त गरेका छन् ।

    प्रदेश क खुल्लातर्फ सदस्यमा रमेश मल्लले ३९० र रामप्रसाद पौडेलले ३८७ मत प्राप्त गरी निर्वाचत भएका छन् । (प्रदेश क) खुल्लातर्फ सदस्यका उम्मेदवार मन्नान खानले १६६ र राम बेलास केवटले १९४ मत प्राप्त गरेका छन् ।

    त्यस्तै प्रदेश क महिलातर्फ सदस्यमा इन्दिरा केसीले ३६४ मत प्राप्त गरी निर्वाचित भएकी छन् । त्यस्तै प्रदेश क महिलातर्फ सदस्यका उम्मेदवार सिता कुंवरले २१५ मत प्राप्त गरेकी छन् ।

    प्रदेश ख खुल्लातर्फ सदस्यमा केशव प्रसाद अधिकारीले ३४७ र रमेश प्रसाद चौधरीले ३६२ मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश ख खुल्लातर्फ सदस्यमा खेम बहादुर थारुले २०९ र राम बहादुर थारुले २०७ मत प्राप्त गरेका छन् । प्रदेश ख महिलातर्फ सदस्यमा राधिका घर्ती मगर निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृृत भेषराज घिमिरेले बताए ।

    प्रत्यक्षतर्फ सदस्यमा कृष्ण प्रसद खनालले ३८४, भोला प्रसाद तिवारीले ३८९, र योगेन्द्र नाथ पाण्डेयले ३६४ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यस्तै प्रदेशतर्फ सदस्यमा पशुपति न्यौपानेले २३८, वसी अहमद देवानले १८६ र सब्बीर गद्दीले १६६ मत प्राप्त गरेका छन् ।

    प्रत्यक्ष महिलातर्फ सदस्यमा रुपमाया पुनले ३६३ मत प्राप्त गरी विजयी भएकी छन् । अर्का उम्मेदवार रेशम कुमारी विष्टले १९७ मत प्राप्त गरिन् ।
    खस आर्यतर्फ सदस्यमा महेन्द्र गौतमले ३५३ मत प्राप्त गरी विजयी भएका छन् । अर्का उम्मेदवार हरि प्रसाद सापकोटाले २१६ मत प्राप्त गरेका छन् ।
    खस आर्यमहिलातर्फ सदस्यमा ३५३ मत प्राप्त गरी शोभा आचार्य विजयी भएकी छन् । अर्का उम्मेदवार रुमा पाण्डेयले २०७ मत प्राप्त गरिन् ।
    त्यस्तै आदिवासी जनजातितर्फ ३४० मत प्राप्त गरी यम बहादुर बुढा निर्वाचित भएका छन् । अर्का उम्मेदवार पवित्रा थारुले २३८ मत प्राप्त गरिन् ।

    त्यस्तै मधेशी (खुल्ला)तर्फ ३८० मत प्राप्त गरी रामवृक्ष अहिर निर्वाचित भएका छन् । अर्का उम्मेदवार हरिशंकर मिश्रले १८७ मत प्राप्त गरेका छन् ।
    मधेशी महिला (तर्फ) ३५१ मत प्राप्त गरी बसन्ती देवी गुप्ता निर्वाचित भएकी छन् । अर्का उम्मेदवार प्रेमा यादवले २११ मत प्राप्त गरिन् । दलिततर्फ संजिव बहादुर दमाई निर्विरोध निर्वाचित भएका छन् । 

    थारु, मुस्लिम, अपांग, अल्पसंख्यकतर्फ ३७७ मतका साथ कृपानाथ थारु निर्वाचित भएका छन् । अर्का उम्मेदवार सहाबुद्दीन मुसलमानले १८३ मत प्राप्त गरेका छन् ।

    केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन पक्षको वर्चस्व

    केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन पक्षको वर्चस्व रहेको छ । महाधिवेशन प्रतिनिधिमा गोपालमान राज भण्डारी (३४०), दिपक क्षेत्री न्यौपाने (३६०), बुद्धिराम हरिजन (३२३), महेन्द्र कुमार श्रेष्ठ (३१२), रमेश खनाल (३१४), रामकृष्ण खांण (४४०), लक्ष्मण सुवेदी (३१९), विमल प्रसाद ढकाल (३४५), शिवराम न्यौपाने (३२९), सन्तराम चौधरी (३८०) मत प्राप्त गरी निर्वाचित भएका छन् ।

    त्यस्तै महिलातर्फ जन्नतुन निशा धुनिया (३३१), पुष्पा थरुनी (३९४), बिना न्यौपाने (३६९) र रमा कुमारी अधिकारी (३१५) मतका साथ विजयी भएका छन् । खर्स आर्य खुल्लातर्फ विनय ज्ञवाली (३३९) र विष्णु प्रसाद लम्साल (३५९) मत प्राप्त गरी विजयी भएका छन् ।

    खर्स आर्य महिलातर्फ मिना कुमार भण्डारी (३७३), आदिवासी जनजातितर्फ सोम बहादुर गुरुङ (३४९), मधेशीतर्फ बसन्त कुमार लाल कर्ण (३०२), सुर्य नारायण यादव (३४१), मधेशी महिलातर्फ अनिता कुमारी यादव (३६४), दलिततर्फ दिपेन्द्र बुढाप्रिति (३१३), मुस्लिमतर्फ इस्तियाक अहमद खान (४१६) निर्वाचित भएका छन् ।

    त्यसै गरी अपांगतर्फ गणेश प्रसाद भट्टराई र थारुतर्फ देवी प्रसाद चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।



    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij