images

शनिवार, बैशाख ८ गते २०८१

एमालेको दशौँ महाधिवेशनमा अनेमसंघले लैँगिक हिंसाको निगरानी गर्ने

एमालेको दशौँ महाधिवेशनमा अनेमसंघले लैँगिक हिंसाको निगरानी गर्ने

images
images
images
बिहिवार, मंसिर ९ २०७८
बिहिवार, मंसिर ९ २०७८
  • एमालेको दशौँ महाधिवेशनमा अनेमसंघले लैँगिक हिंसाको निगरानी गर्ने

    चितवन, ९ मंसिर । 
    नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने पार्टीका नेता तथा कार्यकर्ताहरुमा लैंगिक संवेदनशीलता प्रस्तुत गर्न नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)ले अनुरोध गरेको छ ।

    images
    images
    images

    संघले महाधिवेशनमा ठूलो संख्यामा मानिसहरुको सहभागिता हुने भएकाले महिलाहरुमाथि कुनै पनि खालको दुव्र्यवहारका साथै लैंगिक हिंसाका घटना हुन नदिनको लागि संयमता अपनाउन अपिल गरेको हो । संघको प्रचार विभाग प्रमुख शर्मिला कार्कीले नारायणी नदी किनारमा हुने १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा त्यस्ता लैंगिक हिंसा तथा दुव्र्यवहारका घटनाको जोखिम हुनसक्ने भएकाले अनेमसंघले निगरानी समेत गर्ने जानकारी दिइन् ।

    ‘हाम्रो पार्टी लैंगिक समता र संवेदनशीलतालाई आत्मसात गर्ने पार्टी हो’ कार्कीले भनिन्, ‘यस पार्टीका कार्यकर्ताबाट त्यस्ता असंवेदनशील घटना हुँदैन भन्नेमा हामी ढुक्क छौँ, यद्यपि जनसमुदायको लहरमा त्यस्तो घटना हुनसक्ने जोखिम भएकोले संवेदनशील हुन अपिल गर्दर्छौँ ।’अनेमसंघले आजबाट सुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा समेत शुभकामना व्यक्त गर्दै सार्वजनिक रुपमा हिंसामाथि प्रतिकार गर्न र हिंसा नगर्न नगराउन सबैसँग अनुरोध समेत गरेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij