शुक्रवार , मंसिर १०, २०७८
मंसिर १०, गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद बहादुर थापा मगरले नेपाली काङ्ग्रेस जिल्ला कार्य सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।नेपाली काङ्ग्रेसको पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरि आफ्नो जिल्ला सभापतिमा उम्मेदवारी भएको थापाले घोषणा गरेका हुन् ।
काङ्ग्रेसमा कुनै त्यस्ता ब्यक्ति छन् जसले देखाउने अमुख व्यबहारका कारण पार्टीलाई खल्ती बाट चलाउन खोजिएको छ त्यस्तो खालको सोचाइ र ब्याबहार परिवर्तन गरि पार्टीको सुदृढीकरण गर्नका लागि आफ्नो जिल्ला सभापतिमा उम्मेदवारी रहेको थापाले बताएका छन् ।
नेपाली काङ्ग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसमा कुनै गुट, उपगुट नभई अग्रजको सम्मान गर्दै युवालाई समेट्दै जिल्लामा पार्टीको संगठन बिस्तार गर्न आफ्नो उम्मेदवारी रहेको थापाको भनाइ छ ।
सभापतिका दुई उम्मेदवारले फरक फरक दिन पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्नुले जिल्लाका कार्यकर्ता र जनमानसमा जिल्लामा केन्द्रिय गुट, उपगुट देखिन्छ । समाज रुपान्तरण र समाबेशी समाजको निर्माणको लागि सभापतिमा थापाको उम्मेदवारी रहेको बताएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
