२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

केपी संसदसंगै कम्युनिस्टको हत्यारा हुन : नेता चौधरी 

बुधवार , मंसिर १५, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • नवलपरासी १५, मंसिर। नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीेले केपी वली ससंद र कम्युनिस्टको हत्यारा भएको बताएका छन् । पार्टीको नवलपरासी जिल्ला भेला तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले दुईदुई पटक ससंदको विघटन गर्दै कम्युनिस्ट आन्दोलन समाप्त पार्ने काम गरेकाले केपी वली ससंदसँगै कम्युनिस्ट पार्टीको हत्यारा भएको दावी गरे ।

    उनले २००६ सालमा ४ जनाले दर्ता गरेको कम्युनिस्ट पार्टी २०७४ सालमा दुईतिहाई नजिक पुगेपछि दलाल पुजीवादीहरुसगँ मिलेर वलीले कम्युनिस्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप लगाए । उनका अनुसार आगामी निर्वाचनमा केपी वली कम्पनीले मत माग्ने अधिकार समेत गुमाएको बताए । जनताले दिएको दुईतिहाई नजिकको जनमतलाई कुल्चेर २ पटक संसदको विघटन गर्ने वली कम्पनीले आगामि निर्वाचनमा पनि भोट दिनुस हामी ससंद विघटन गरेर देखाउँछौ भनेर भोट माग्न आउलान त उनले प्रश्न गरे ।

    उने वली कम्पनीले चुनाव चिन्हले पहिलो पाटी वन्ने सपना सपनामै सिमित हुने बताए । चिन्हले पहिलो पाटी वन्ने भए नेपाली काङ्ग्रेस सधै पहिलो पाटी हुनुपर्ने हो उनले भनेञ किन कहिले काङ्ग्रेस, कहिले कम्युनिस्ट पाटीहरु पहिलो भए,के निर्वाचनमा चिन्हको कारण होत । एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका चौधरीले केपी शर्मा ओलीमा  राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे ।