
मंगलवार , आश्विन २०, २०७७
बुटवल, २० असोज ।
रुपन्देही जिल्लाबाट राजधानी निर्णयकोविरुद्धमा नेपाली कांग्रेस रुपन्देहीले मंगलबारलाई कालो दिनका रुपमा मनाउने भएको छ । निर्णयलगत्तै नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले विज्ञप्ती जारी गर्दै राजधानी सारिएको दिनलाई कालो दिनका रुपमा मनाउन जिल्लावासीमा अपिल गरेका छन् । उनले मंगलबार सांझ ७ बजे आधा घण्टा घरका बत्ती निभाएर विरोध जनाउन पनि अपिल गरेका छन् । उनले जनताको भावनामा गंहिरो चोट पु¥याउने सरकार र त्यसका मतियारहरुकाविरुद्ध उपयुक्त मुल्यांकन हुने पनि बताएका छन् ।
व्यापक विरोध जनदवाव तथा अस्थायी राजधानी तोकिएपछि रुपन्देहीवासीले प्रदेश राजधानीका लागि गरेको योगदानलाई कुल्चदै सरकारले दुईतिहाई मतको दम्भले गलत निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै रुपन्देही राजधानीका लागि नेपाली कांग्रेस रुपन्देहीले निरन्तर आन्दोलन चलाइरहने र आफ्नो पार्टीको बहुमत पुगेका बेला रुपन्देही बनाउने दावी समेत गरेको छ ।
अहिले चलिहरेको आन्दोलनलाई फरक ढंगले जारी राखिरहने कांग्रेसले जनाएको छ । साथै आन्दोलनको रणनीति बनाउनका लागि बुटवलको होटलमा बसिरहेका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई बिना शर्त रिहा नगरे त्यसकाविरुद्धको आन्दोलन थेग्न सरकारलाई मुस्किल पर्ने चेतावनी कांग्रेसको रहेको छ । पक्राउ परेको नेता कार्यकर्ताहरुलाई विभिन्न यातना दिने, झुट्टा मुद्धा लगाएर फसाउने प्रहरी प्रशासनको हर्कत तत्काल रोक्न कांग्रेसले आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij