२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन भैरहवामा हुने

बिहिवार , मंसिर १६, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • काठमाडौं, १६ मंसिर ।

    नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको उद्घाटन रुपन्देहीको भैरहवामा हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचनको तालिकाअनुसार भैरहवाको महेन्द्र सभागृहमा मंसिर १६ गते दिउँसो १२:३० बजे उद्घाटन हुने पार्टीको लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए ।

    उनका अनुसार मंसिर १६, १७ र १८ गते हुने लुम्बिनी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेशको संरचनाअनुसार कांग्रेस प्रदेशको निर्वाचन यो पहिलोपटक हुँदैछ। अधिवेशनको उद्घाटन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले गर्ने कार्यक्रम तय भएको छ।

    मङ्सिर १७ गते उम्मेदवारी दर्ता गरी १८ र १९ गते प्रदेशमा कार्यसमिति चयन गर्ने कार्यतालिका तय गरिएको छ। उक्त प्रदेशभरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी एक हजार ५८५ ले मतदान गर्नेछन्। अधिवेशनमा तीन हजारभन्दा बढीको सहभागिता रहने सचिवालय सदस्य शिवप्रसाद गैरेले जानकारी दिए । रासस