images

शनिवार, बैशाख ८ गते २०८१

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : संस्थापन पक्षद्वारा उम्मेदवारी घोषणा

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : संस्थापन पक्षद्वारा उम्मेदवारी घोषणा

images
images
images
बिहिवार, मंसिर १६ २०७८
बिहिवार, मंसिर १६ २०७८
  • कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : संस्थापन पक्षद्वारा उम्मेदवारी घोषणा

    भैरहवा, १६ मंसिर ।
    नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा संस्थापन (शेरबहादुर देउवा) पक्षबाट भरत कुमार शाहको नेतृत्वमा प्यानलको घोषणा भएको छ । बिहीबार सांझ भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी संस्थापन पक्षबाट सार्वजनिक लेखा समितिका सभापति तथा रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शाहले उम्मदेवारी दिने घोषणा गरिएको हो । कांग्रेस लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बिहीबारदेखि भैरहवामा सुरु भएको छ ।

    images
    images
    images

    प्यानलमा २ जना उपसभापति पदका लागि कपिलवस्तुका सुधाकर पाण्डे र दाङका राजु खनालले उम्मेदवारी दिने भएका छन् । त्यस्तै महामन्त्रीमा लागि बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझीले उम्मेदवारी दिने पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । सह–महामन्त्रीमा एक महिलासहित ३ पदको लागि रुपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै लक्ष्मीनारायण शाहले उम्मेदवारी दिने गृहमन्त्री समेत रहेका कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले बताए । उनले भरत कुमार शाह प्यानलको उम्मेदवारलाई अत्याधिक मतले विजयी गराए लुम्बिनी प्रदेशलाई विकासको दृष्टिकोणले अगाडी बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दावी गरे ।

    नेता खाँणले कांग्रेसको प्रदेश अधिवेशनले पार्टीलाई अझ उर्जाशिल र गतिशिल बन्ने तागत प्रदान गर्ने विश्वास व्यक्त गरे ।
    सदस्य पदको लागि भने अझै छलफलकै क्रममा रहेको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका नेता भरत कुमार शाहले बताए । उनले सकेसम्म सहमतिको प्रयास गरिने नभए निर्वाचनमा जाने बताए । ‘विजयी भएपश्चात कांग्रेसलाई अझ सशक्त रुपमा अगाडी बढाउने उनले बताए । स्थानीय, प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेल्नेछौं, ’उनले भने ।

    नेपाली कांग्रेसको १४ औ महाअधिवेशन अन्तर्गत शुक्रबार (भोलि) बिहान ८ बजेदेखि मनोनयन दर्ताको कार्यक्रम रहेको छ । प्रदेशमा १ जना सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिलासहित ३ सह–महामन्त्री गरी ८ जना पदाधिकारीमा निर्वाचित हुनेछन् ।

    त्यस्तै प्रत्यक्ष सदस्यतर्फ जिल्लागत रुपमा १२ जिल्लाबाट १२ महिलासहित २४ जना र खुल्लामा ५ महिलासहित १७ जना निर्वाचित हुनेछ्न । समावेशी सदस्यमा खस आर्यतर्फ ४ महिलासहित ८ जना, आदिवासी जनजातितर्फ २ महिलासहित ५ जना, मधेशीतर्फ २ महिलासहित ४ जना, दलिततर्फ २ महिलासहित ४ जना, थारुतर्फ २ महिलासहित ४ जना, मुस्लिमतर्फ १ महिलासहित २ जना र अल्पसंख्यक वा अपांगतर्फ १ जना गरी जम्मा ६९ जनाको कार्यसमिति रहनेछ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij