
शुक्रवार , मंसिर १७, २०७८
भैरहवा, १७ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेता हरिहर प्रसाद जैसवाल (मनोज)ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशन अन्र्तगत जैसवालले शुक्रबार मधेशीतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
आफू राप्रपाको स्थापनाकालदेखि नै पार्टीमा रहेर काम गरिरहेकोले यसपटक केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्न उम्मेदवारी दिएको उनले बताए । ३७ वर्षिय जैसवाल रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ निवासी हुन् । उनले राप्रपाको अध्यक्षका उम्मेदवार तथा पूर्व उपप्रधानमन्त्री कमल थापाको प्यानलबाट उम्मेदवारी दिएको बताए ।
उनी प्रवासी नेपाली एकता समाज (पानस) अन्तर्राष्ट्रिय समन्वय समिति (आईसिसि)को सचिव तथा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को केन्द्रीय सदस्य समेत हुन् ।
आफूलाई केन्द्रीय सदस्यमा पदमा अमूल्य मत प्रदान गरी विजय गराउन उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिसमक्ष आग्रह गरेका छन् । आफू केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टीलाई अझ सशक्त बनाउने अभियानमा लागिपर्ने जैसवालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij