२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

अनेमसंघ सिद्धार्थनगर–९ को वडा सम्मेलन सम्पन्न

शनिवार , मंसिर १८, २०७८

भैरहवा, १८ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को वडा सम्मेलन भैरहवामा सम्पन्न भएको छ । सम्मेलनले बसुन्धरा शर्मा पोख्रेलको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा रमा वाग्ले, सचिवमा पार्वती पौडेल, सह–सचिवमा निरु पोखरेल र कोषाध्यक्षमा साधना पहाडी रहेका छन् ।

शान्ति अधिकारीको अध्यक्षता, अनेमसंघ केन्द्रीय कमिटी सदस्य लक्ष्मी कोइराला (भावना)को प्रमुख आतिथ्यता, अनेमसंघ केन्द्रीय सदस्य उमा अधिकारी, एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य चोपलाल आचार्य, जिल्ला सदस्य डिजाइन थापा, पार्टी जिल्ला लेखा सदस्य चन्दकान्त भट्टराई, अनेमसंघ जिल्ला सदस्य सीता पौडेल, अनेमसंघ जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर अध्यक्ष पार्वती पौडेल, नगर उपाध्यक्ष विजया गिरी, नगर सचिव दिलु कुंवर, एमाले सिद्धार्थनगर–९ का अध्यक्ष लक्ष्मण ज्ञवाली, सचिव यादव प्रसाद आचार्य (वाई.पी.), पार्टीका नगर कमिटी सदस्य कमल पोख्रेल लगायतको आतिथ्यता रहेको थियो ।

 

अनेमसंघ रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ (क)का संयोजक प्रभा पौडेल गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।