
मंगलवार , आश्विन २०, २०७७
भैरहवा, २० असोज ।
पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दिपक बोहराले प्रदेश ५ को राजधानी सार्ने निर्णय विडम्बनापूर्ण रहेको बताएका छन् । उनले नेकपाका नेताहरुको हठ र बहुमतको दम्भमा विधि प्रक्रिया समेत मिचेर निर्णय गरिएको बताए ।
मंगलबार सामाजिक संजाल फेसबुकमा बोहराले लेखेका छन, ‘लुम्बिनी प्रदेश नामप्रति मेरो समर्थन छ । आजको दिन रुपन्देही जिल्ला र प्रदेश नम्बर ५ प्रदेशसभाको लागि कालो दिनको रुपमा दर्ज हुनेछ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij