
शनिवार , मंसिर १८, २०७८
भैरहवा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालका श्रीमान डा. चोपलाल भुसाल मतदान गर्नबाट बञ्चीत भएका छन्। काग्रेसको १४ औं महाधिबेशन अन्तरगत भएको लुम्बिनी प्रदेशको अधिवेशनमा आफ्नै कारणले मतदानबाट बञ्चीत भएका हुन्।
अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि जितेका डा. भुसाल निर्वाचन समितिले तोकेको समयाबधी भित्र मतदान स्थलमा नजादा मतदान गर्नबाट छुटेको एक नेताले जानकारी दिए।
दिनभर अधिबेशन स्थलमा रहेपनि मतदान गर्ने समयमा मतदान स्थल नपुगेका कारण मतदान गर्न नपाएको ती नेताले बताए। निर्वाचन समितिले साढे ५ बजे सम्मका लागि मतदान गर्न समय तोकेको थियो।
भुसाल ५ बजेर ४० मिनेट मतदान स्थलमा सहभागी हुदाँ मतदान गर्ने समय सकिएकाले भुसालले मतदान गर्न नपाएका हुन्। १६ सय ७० जना मतदाता रहेको लुम्बिनी प्रदेशमा १६ सय ३१ मत खसेको निर्वाचन समितिले जनाएको छ। भुसाल सहित ३९ जनाले मतदान गरेनन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij