
मंगलवार , मंसिर २१, २०७८
बुटवल, २१ मंसिर ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वडा, नगर, क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन सकिए लगत्तै नेताहरुले केन्द्रिय समितिमा आकांक्षा व्यक्त गर्न थालेका छन् । यसैबीच कांग्रेस पाल्पाका निवर्तमान सभापति वीर बहादुर रानाले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री समेत रहेका रानाले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आदिवासी जनजाति कोटाबाट केन्द्रिय सदस्यको उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
संस्थापन ईतर पक्षका रानाले राजनीतिमा नैतिकता स्थापित गर्न,पार्टीलाई विधि, पद्दति र विधान अनुसार चलाउने परिपाटीको विकास गर्न, व्यक्तिवादी राजनीतिको अन्त्य गरी संस्थागत राजनीतिको विकास गर्न, पार्टीभित्र अनुशासन, मूल्यांकन र आर्थिक पारदर्शीता कायम गर्ने परिपाटीको व्यवस्था गर्ने लगायतका लक्ष्य राखेर उम्मेदवारी दिने घोषणा गरेको बताए । रानाले राजनीतिप्रतिको नैराश्यलाई हटाई पार्टीप्रति आकर्षण बढाउने प्रतिवद्वता व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij