
बुधवार , मंसिर २२, २०७८
कठमाडौं, २२ मंसिर ।
नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ठाउँको अभावले भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्ने जानकारी दिए । यसअघि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरेको थियो ।
यही मंसिर २५ र २६ गते एमालेको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी गठन, पोलिटब्यूरो गठन, विभिन्न विभाग गठन लगायत एजेण्डा रहेका छन् । यही मंसिर १० देखि १४ गतेसम्म भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij