२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

कांग्रेस महाधिवेशनको प्रचारप्रसार व्यापक बनाइँदै

बिहिवार , मंसिर २३, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौं, २३ मंसिर ।
    नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने पार्टीको १४ औं महाधिवेशनको प्रचारप्रसारलाई व्यवस्थितरुपमा अघि बढाउन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेकोे प्रचारप्रसार समितिअन्तर्गत आज विभिन्न जिम्मेवारी तोकेको छ ।

    समितिले डा. सुरेश आचार्यलाई मिडिया सेन्टर संयोजक, बद्री सिग्देललाई प्रेस संघसंगठन समन्वय संयोजक, समीरजंग शाहलाई अनलाइन समन्वय संयोजक, दिपेश विष्टलाई सामाजिक सञ्जाल समन्वय संयोजक, शिव लम्साललाई मोफसल मिडिया सम्पर्क प्रचार संयोजक, दीपक आचार्यलाई उपत्यका प्रिन्ट मिडिया संयोजक, सरोज अधिकारी बिट समन्वय संयोजक र नीर शाहलाई टेलिभिजन समन्वय संयोजक तोकिएको पार्टी कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

    यसैगरी रेडियो समन्वय संयोजकमा गोपाल झा, बौद्धिक क्षेत्र प्रचार समन्वय संयोजकमा डा अञ्जनी झा, महिला प्रचार समन्वय संयोजकमा अञ्जना अर्याल, युवा प्रचार समन्वय संयोजकमा विकल राई, महाधिवेशनस्थल काठमाडौं, महानगर प्रचार समन्वय संयोजकमा निलकाजी शाक्य, सामाजिक संघसंस्था प्रचार समन्वय संयोजकमा फूलकुमार लालवानी, प्रवास क्षेत्र प्रचार समन्वय संयोजकमा विमल सुवेदी, स्वागतद्वार र श्रृंगार संयोजकमा गोविन्द पुडासैनी, कला संयोजकमा मीन भाम र डिजिटल बोर्ड प्रचार संयोजकमा सुशन वैद्यलाई तोकिएको छ । रासस