
शनिवार , मंसिर २५, २०७८
भैरहवा, २५ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ कमिटीको प्रथम वडा अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले अंकित पोखरेलको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा विमर्श थापा क्षेत्री, गोपाल परियार, नवराज सिंह, सचिवमा सुमित पाण्डे र उप–सचिवमा राजु क्षेत्री रहेका छन् ।
त्यस्तै सदस्यमा सुरज पोखरेल, निकेश जुग्जाली, गोपाल परियार, रोशन घिमिरे, राहुल सहानी, रवि सहानी, सुवास वि.क., किसन परियार, अनिश कुँवर, भरत कार्की, प्रशान्त आचार्य, सचिन जोशी, सिद्धार्थ क्षेत्री, उत्तम जि.सी., दीपक श्रेष्ठ, दिनेश खाती, राज खाती, तबारक खान, आशिष चौधरी, शेषनाथ बेल्दार, किसन परियार, राजु क्षेत्री, राज यादव, अनिश पासवान, पंकज उपाध्याय, लेखा पौडेल, सुरक्षा पौडेल, भैरव थापा र अस्मिता मगर रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद पन्थीले समाज रुपान्तरणमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले एमाले नेतृत्वको सरकारले युवाहरुका लागि विभिन्न कार्यक्रमहरु ल्याएको बताए । नेता पन्थीले विकासको बाधकको रुपमा रहेको सामाजिक विकृति विसंगतिको अन्त्य गर्न युवाहरु अघि बढ्नुपर्ने बताए ।
राष्ट्रिय युवा संघ नेपाल, सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरीले युवाहरुलाई आन्दोलन र निर्वाचनमा परिचान गर्ने मात्र नभइ पार्टीको नेतृत्वमा समेत लैजानुपर्ने बताए । उनले राष्ट्रिय युवा संघलाई पार्टीबाट पूर्ण साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा एमाले क्षेत्र नम्बर ३ का सदस्य उमेश थापा मगर, पार्टीका सिद्धार्थनगर अध्यक्ष चक्र बहादुर थापा, नगर सचिव नारायण प्रसाद भण्डारी लगायतले बोल्दै युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
राष्ट्रिय युवा संघ, सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरीको अध्यक्षता, एमाले सिद्धार्थनगर–८ का अध्यक्ष रामचन्द्र रेग्मीको स्वागत तथा राष्ट्रिय युवा संघ, सिद्धार्थनगरका सचिव रोशन थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, एमाले सिद्धार्थनगरका उप-सचिव कुमार गुरुङ, राष्ट्रिय युवा संघ क्षेत्र नम्बर ४ का इञ्चार्ज अमित शुक्लाको आतिथ्यता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij