२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

एमाले जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ मा

शनिवार , मंसिर २५, २०७८

भक्तपुर, २५ मंसिर ।
नेकपा (एमाले)ले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरमा जारी रहेको (एमाले)को दोस्रो  केन्द्रीय कमिटीको बैठकले पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

बैठकले  एमाले सल्लाहकार परिषद्को अध्यक्षमा नेता अमृतकुमार बोहोरालाई चयन गरेको छ । एमालेको १० औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो । 

आज दिउँसोदेखि जारी रहेको बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्यूरो गठन, कार्यविभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसंठनको सुदृढीकरण अभियानलगायत १५ वटा कार्यसूची रहेको छ । बैठक आइतबारसम्म सञ्चालन हुनेछ । रासस