
आइतवार , मंसिर २६, २०७८
भैरहवा, २६ मंसिर ।
नेपाली कांग्रेस रुपन्देहीका निवर्तमान सभापति, संविधानसभा सदस्य एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । कांग्रेसको १४ औंं महाधिवेशनमा रज्जाकले मुस्लिमतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।।
उनी रुपन्देही–१ बाट मुस्लिम कोटामा निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका थिए । रज्जाकले दुई कार्यकाल कांग्रेस रुपन्देही जिल्ला सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij