
सोमवार , मंसिर २७, २०७८
काठमाडौं, २७ मंसिर ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका क्रममा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यबाट दुव्र्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
महाधिवेशनका क्रममा आज तीन घण्टा ढिलो गरी सुरु भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले भित्र जान नदिई दुव्र्यवहार गर्दै समाचार संकलनमा रोक लगाएका थिए । समाचार संकलनमा अवरोध गरेको घटनाप्रति महासङ्घले आज विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।
‘नेपाली कांग्रेस जस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार संकलनमा सहज बनाइनुपर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैँमा निन्दनीय हुनाका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो, पत्रकारलाई निर्बाध रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाई प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij