
मंगलवार , मंसिर २८, २०७८
काठमाडौं, २८ मंसिर ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको चुनावको मतगणना जारी रहेको छ । आज बिहान ४ः२० बजेबाट सुरु भएको मतगणनामा अहिलेसम्म एक हजार मत गनिएको छ । मतगणनाको प्रारम्भिक परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।
अहिलेसम्म एक हजार मत गनिसक्दा देउवाले ४७३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वीका रुपमा सभापतिका अर्का उम्मेदवार शेखर कोइराला आएका छन् । कोइरालाले ३७६ मत प्राप्त गर्नुभएको छ ।
त्यसै गरी प्रकाशमान सिंहले ९१ मत र विमलेन्द्र निधीले ४९ मत प्राप्त गर्दा कल्याण गुरुङले तीन मत मात्र प्राप्त गरेका छन् ।
कूल चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मत खसेको निर्वाचन समितिले जनाएको छ । यो मतको सम्पूर्ण परिणाम मतगणना सुरु भएको तीनदेखि चार घण्टासम्ममा आइसक्ने बताइएको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij