२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

एमाले सिद्धार्थनगरको दोस्रो पूर्ण बैठकद्वारा जिम्मेवारी बाँडफाँड

बिहिवार , पौष १, २०७८

भैरहवा, १ पुस । 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीको दोस्रो पूर्ण बैठक बुधबार  भैरहवामा सम्पन्न भएको छ । 
बैठकमा सचिवालय गठन, समीक्षा कार्यक्रम, रिपोर्टिङसहित कार्यविभाजन समेत गरिएको एमाले सिद्धार्थनगर नगरक मिटीका अध्यक्ष चक्र बहादुर थापाले बताए । 

बैठकमा बोल्दै प्रमुख अतिथि एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज भुमिश्वर ढकालले एमाले एकढिक्का भएर संगठनलाई चुस्तदुरुस्त बनाउन अभियानसहित लागेको बताए । उनले पार्टीको महाधिवेशनबाट जिल्ला र प्रदेश अधिबेशन र पार्टीका भातृ संगठनका महाधिवेशन तथा अधिवेशन सम्पन्न गर्न थालिएको बताए । 

त्यस्तै पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य विश्वराज बराल (अनुप) ले  १० औं राष्ट्रिय महाधिवेशनपछि एमाले एकढिक्का भएर जनतामाझ आएको बताए ।  एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद पन्थीले एमाले देशकै पहिलो शक्ति भएकोले जनताको आशा र भरोसा पाटीप्रति रहेको बताइ । 

पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य लक्ष्मी कोइराला (भावना) ले अल्पसंख्यक, उत्पीडित तथा महिलाको हकहितको लागि काम गर्ने पार्टी एमाले भएको बताइन । एमाले रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीले १० औं राष्ट्रिय महाधिवेशनले दिएको सन्देश अनुसार सोही गतिमा काम गर्ने गरी पार्टीका सदस्यहरुलाई जनताका समस्या समाधान गर्ने गरी काम गर्न आग्रह गरे । 

पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य चोपलाल आचार्यले एमाले मुलुकको पहिलो शक्ति भएकले जनताको घरदैलोमै पुगि समस्या समाधानमा निरन्तर लागिरहेको बताए । 

बैठकमा नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख हरि प्रसाद अधिकारी, एमाले जिल्ला कमिटी सदस्यहरु प्रेम कुमार सेञ्चुरी, डिजाइन थापा, उमा अधिकारीले सिद्धार्थनगरमा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा बोलेका थिए । एमाले नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष अर्जुनु कुमार गिरीको स्वागत तथा सचिव नारायण प्रसाद भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

जिम्मेवारी बाँडफाँड 

एमाले सिद्धार्थनगरको दोस्रो पूर्ण बैठकले विभिन्न जिम्मेवारी बाँडफाँड समेत गरेको छ । जसअन्तर्गत राष्ट्रिय युवा संघ, नेपालको इञ्चार्जमा नर्जुन गुरुङ, सह–इञ्चार्जमा प्रकाशमानराज भण्डारी र विनोद थापालाई बैठकले जिम्मेवारी प्रदान गरेको छ । अखिल नेपाल महिला संघको इञ्चार्जमा निशा भट्टराई, सह–इञ्चार्जमा सरिता राना र कमला दर्लामी, प्रेस संयोजकमा शशि पन्थी, सह–संयोजकमा रबिन्द्र प्रताप गुप्ता र माधब न्यौपाने चयन भएका छन् । त्यसै गरी अनेरास्ववियुको इञ्चार्जमा सरोज ठकुरी र सह–इन्चार्जमा भीम भण्डारी चयन भएको नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले जानकारी दिए । 

त्यसै गरी बैठकले वडा इञ्चार्जको समेत जिम्मेवारी प्रदान गरेको छ । एमाले वडा नम्बर १ को इञ्चार्जमा नर्जुन गुरुङ, २ मा दिपक थापा, ३ मा माया कंडेल, ४ मा लक्ष्मी गुरुङ, ५ मा चेत बहादुर क्षेत्री, ६ मा नसिबदार धुनिया, ७ मा हरि काफ्ले, ८ मा हरि आचार्य र कमल भुसाल, ९ मा लक्ष्मी पाण्डे, १० मा भोला कोइरी, ११ मा दिलिप यादव, १२ मा दुर्पदा पनेरु,१३ मा केदारमान राजमान भण्डारी चयन भएको एमाले सिद्धार्थनगर कमिटीका सचिव नारायण प्रसाद भण्डारीले बताए । 

त्यसै गरी मुक्ति समाजको इञ्चार्जमा प्रकाशमणि विश्वकर्मा, मधेसी संगठनको इन्चार्जमा रविन्द्र गुप्ता, मुस्लिम संघको इञ्चार्जमा मोहम्मद अकिल मुसलमान र उद्योग व्यापार संगठनको इञ्चार्जमा सुरेन्द्र त्रिपाठी चयन भएको उपसचिव कुमार गुरुङले बताए । 

नगर बैठकले २५ सदस्यीय सचिवालय गठन गर्नुका साथै १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा र रिर्पोटिङ समेत गरेको थियो । निर्वाचित भएर आएको ७५ सदस्यीय नगर कमिटीमा १० प्रतिशत नयाँ सदस्यलाई नेकपा एमालेको दोस्रो पूर्ण बैठकले मनोनित समेत गरेको छ ।