
बिहिवार , पौष १, २०७८
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
गगन थापाले कुल ३०२३ मत प्राप्त गरेका छन् भने विश्वप्रकाश शर्माले १९८४ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेका प्रकाशशरण महतले १५५० मत पाएका छन् भने प्रदीप पौडेलले १४०९ मत ल्याएका छन्। मीनेन्द्र रिजालको ८०९ र राजाराम कार्कीको १०७ मत आएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij