२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीमा राप्रपा र राप्रपा संयुक्तबीच पार्टी समायोजन

बिहिवार , आश्विन २२, २०७७

भैरहवा, २२ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच रुपन्देहीमा पार्टी समायोजन कार्यक्रम सम्पन्न भएको छ । समायोजन भेलाले सागर प्रताप राणाको अध्यक्षतामा १५१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ जिल्ला उपाध्यक्षमा चन्द्रशेखर प्रसाद पाण्डे रहेका छन् ।

भैरहवामा भएको समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य ताहिर अलीले आगामी निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा राप्रपाको संगठन विस्तारलाई तीव्रता दिनुपर्ने बताए ।

राप्रपा बुटवल उपमहानगरपालिका कमिटी अध्यक्ष निरज प्रताप खांणको स्वागत, पार्टीका रुपन्देहीका उपाध्यक्ष कृष्ण प्रसाद भण्डारीको धन्यवाद ज्ञापन तथा युवक संगठनका जिल्ला सभापति शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।