२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

राष्ट्रिय युवा संघ सिद्धार्थनगर–९ को प्रथम वडा अधिवेशन सम्पन्न

शनिवार , पौष ३, २०७८

भैरहवा, ३ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को प्रथम वडा अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले गौतम बहादुर पौडेलको अध्यक्षतामा २५ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा मनिष श्रेष्ठ, अमित शर्मा पौडेल, सौरभ श्रेष्ठ, सचिवमा मनोज पन्त, कोषाध्यक्षमा सरिता गौतम, सह–सचिवमा राज यादव र सुशान्त अधिकारी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सन्दिप लम्साल, मान बहादुर थापा, सञ्जु थापा, जनक राना, रोशन लम्साल, रोमन झा, प्रज्ञान पोख्रेल, राकेश ठाकुर, सुरज भण्डारी, श्यामबाबु राउत, सिद्वान्त भुसाल, सुयोग शर्मा, आकाश पौडेल, अभिनास शर्मा, सृष्टि पन्ती, सुवानी भुसाल र इमरान पठान रहेको एमाले सिद्धार्थनगर–९ का सचिव यादव प्रसाद आचार्य (वाई.पी.)ले बताए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य डासुराम पाण्डेले मुलुकमा रहेका विभिन्न पार्टीमध्ये एमाले सबैभन्दा ठूलो पार्टी भएको बताए । उनले चितवनमा सम्पन्न एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सोचे भन्दा बढी जनसहभागिता भएको बताए । नेता पाण्डेले गठबन्धन गरेर नगए एमाले दुईतिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गर्छ भनेर वर्तमान सरकारमा आबद्ध दलका नेताहरु अत्तालिएको बताए । राष्ट्रिय युवा संघले विभेद र अन्यायविरुद्ध आवाज उठाउनुपर्ने उनको भनाइ थियो । 

राष्ट्रिय युवा संघ नेपाल, सिद्धार्थनगरका अध्यक्ष तथा एमाले सिद्धार्थनगर नगर कमिटीका सदस्य कृष्ण मल्ल ठकुरीले बोल्ने र भाषण गर्ने भन्दा युवा संघ काममा विश्वास राख्ने संगठन भएको बताए । उनले युवा संघले सिद्धार्थनगरमा नयाँ कार्यसमिति गठन भएसंगै दुई महिनाको अन्तरालमा धेरै सामाजिक कामहरु समेत गरेको बताए । ‘युवा संघलाई पार्टीबाट सहयोग हुनुपर्छ, एमालेमय बनाउन लागिपरेका छौं, ’उनले भने । एमाले रुपन्देही जिल्ला कमिटी सदस्य डिजाइन थापाले मुलुकको नेतृत्व एमालेले गर्नुपर्ने बताए । एमाले सिद्धार्थनगरका उपाध्यक्ष अर्जुन कुमार गिरीले राष्ट्रिय युवा संघमा आबद्ध युवाहरु अन्य राजनीतिक दल भन्दा फरक रहेकाले रचनात्मक काममा लाग्नुपर्ने बताए । 

कार्यक्रममा एमाले सिद्धार्थनगर सचिवालय सदस्य तथा सिद्धार्थनगर वडा नम्बर ९ इञ्चार्ज लक्ष्मी पाण्डे, पार्टीका सिद्धार्थनगर–९ गरेसंगै अध्यक्ष लक्ष्मण ज्ञवाली लगायतले बोल्दै एमालेले देश र जनताको पक्षमा निरन्तर काम गर्दै आएको बताए ।

राष्ट्रिय युवा संघ नेपाल, सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरीको अध्यक्षता, उपाध्यक्ष प्रविन आचार्यको स्वागत तथा सचिव रोशन थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच शनिबार नै राष्ट्रिय युवा संघ सिद्धार्थनगर–१२ को प्रथम अधिवेशन सम्पन्न भएको नगर सचिव रोशन थापाले बताए । अधिवेशनले अमित सेञ्चुरीको अध्यक्षतामा १७ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ । थापाले एकैदिन दुई वटा वडाको ऐतिहासिक अधिवेशन सम्पन्न भएको बताए । ‘सम्भवत नेपालमै एकै दिन राष्ट्रिय युवा संघको दुईवटा वडामा अधिवेशन सम्पन्न भएका छन्, यो आफैमा ऐतिहासिक छ, ’उनले भने ।