
शनिवार , पौष ३, २०७८
तिलोत्तमा, ३ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तिलोत्तमा नगर कमिटीको दोस्रो विस्तारित बैठक शनिबार सम्पन्न भएको छ । बैठकले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन र नगर अधिवेशनको समीक्षा गरेको छ । त्यस्तै आठ जनालाई नगर कमिटीमा मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको एमाले नगर कमिटी सचिव मिनप्रसाद पोखरेलले जानकारी दिए ।
बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको छ । त्यसैग री रुपन्देही जिल्लाबाट केन्द्रीय कमिटीमा निर्वाचित र विभागीय जिम्मेवारी प्राप्त गर्नेहरुलाई सम्मान गरिएको सचिव पोखरेलले बताए । बैठकले आसन्न निर्वाचनलाई केन्द्रिकृत गरेर नगर संगठन कमिटीले योजनाबद्ध कार्यक्रम चलाउने पनि निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री लिला गिरीले समसामयिक राजनीतिक परिस्थितिका बारेमा चर्चा गर्दै पार्टीको अवको कार्यदिशाबारे जानकारी गराएका थिए । अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले निकट भविष्यमै मुलुकमा तीनै तहको निर्वाचन हुन गइरहेकाले एमालेलाई बहुमत स्थानमा विजयी बनाउने गरी स्थानीय कमिटीहरु क्रियाशिल हुनुपर्ने बताए ।
एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज शिवराज सुवेदीले पनि आफ्नो धारणा राखेका थिए । बैठकमा प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका सदस्य लगायतको पनि सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij