२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

जसपा सिद्धार्थनगर–६ को भेला, ५८ जना जसपामा प्रवेश

शनिवार , पौष ३, २०७८

भैरहवा, ३ पुस ।
विभिन्न पार्टी परित्याग गरी ५८ जना नेता–कार्यकर्ता जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन् । जसपा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ को शनिबार भएको वडा भेलामा उनीहरु प्रवेश गरेका हुन् ।

भेलाले राजकुमार पाण्डेको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा चन्द्रमणि पाठक, मेराज आलम, सचिवमा विवेकानन्द मल्लिक र कोषाध्यक्षमा कृष्ण कुमार बनिया रहेका छन् । त्यस्तै सदस्यहरुमा पन्थी, तारा भुसाल, पुर्णमाया कोइराला क्षेत्री, कुसुम मल्लाह, दिपक मल्लिक, पप्पु चौहान, सहजादे मुसलमान, गुलाब अली मुसलमान, लालमती देवी वर्मा, राजकुमार गुप्ता, मनोज गुप्ता, श्याम कुमार बनिया, राजेन्द्र वर्मा र तारा गुप्ता रहेको जसपा युवा नेता रवि कुमार रौनियारले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जसपाका नेता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सहसराम यादवले आगामी निर्वाचनमा जसपा मुलुकको वैकल्पिक शक्तिको रुपमा उदाउने बताए ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य किस्मत विश्वकर्मा, संविधानसभा सदस्य सीमा विश्वकर्मा, प्रदेशसभा सदस्य निर्मला भट्टराई, रुपन्देही जिल्ला अध्यक्ष रामअवतार यादव, सिद्धार्थनगर अध्यक्ष अर्जुन प्रसाद जैसवाल, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव (भोला), बुद्ध क्रिकेट क्लबका राजेश चौधरी, सक्षम सहारा बहुउद्देश्यीय महिला समूहका अध्यक्ष शान्ता कंडेल लगायतले बोलेका थिए ।

जसपा रुपन्देही जिल्ला समन्वय समितिका उपाध्यक्ष सियाराम यादवको अध्यक्षता, सिद्धार्थनगर उपाध्यक्ष रविना भण्डारीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सिद्धार्थ युवा क्लबको पहलमा जसपा विपद् व्यवस्थापन समितिका संयोजक रवि कुमार रौनियारले स्थानीय सूभागि राजभरको छोरीको विवाहको लागि उक्त परिवारलाई आर्थिक सहयोग प्रदान गरेका थिए ।