२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

राष्ट्रिय युवा संघ सिद्धार्थनगर–१२ को प्रथम अधिवेशन सम्पन्न

आइतवार , पौष ४, २०७८

भैरहवा, ४ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ को प्रथम वडा अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले अमित सेञ्चुरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

जसको उपाध्यक्षमा रोशन राना, उदय गर्ग, सचिवमा विजय वि.क. र उप–सचिवमा मनोज यादव र अजय घताने रहेका छन् ।
त्यस्तै सदस्यहरुमा सरोज गजमेर, प्रदिप रसाइली, करन गुप्ता, शंकर गौतम, मनिष यादव, आशिष पौडेल, ईन्द्र सुनार, कृष्ण अधिकारी र सुमित थापा रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीका उपाध्यक्ष अर्जुन कुमार गिरीले युवा संघ अन्य पार्टीको संगठन भन्दा फरक रहेकाले रचनात्मक कार्य गर्न आग्रह गरे ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय सदस्य, सिद्धार्थनगर इञ्चार्ज तथा सिद्धार्थनगर–१२ का वडा सदस्य सरोज ठकुरीले युवाहरु नै परिवर्तनको संवाहक भएको बताए ।

राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगरका अध्यक्ष एवं एमाले सिद्धार्थनगर कमिटीका सदस्य कृष्ण मल्ल ठकुरीको अध्यक्षता, युवा संघका उपाध्यक्ष एवं एमाले नगर कमिटी सदस्य आयुश अधिकारीको स्वागत तथा युवा संघका नगर सचिव रोशन थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।