२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

कांग्रेस महाधिवेशन : खुला केन्द्रीय सदस्यमा कोइरालाको अग्रता कायमै

आइतवार , पौष ४, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौं, ४ पुस ।
    नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार पूर्वमहामन्त्री डा. शशांक कोइरालाले सर्वाधिक मतका साथ अग्रता लिइरहेका छन् । 

    पछिल्लो परिणामअनुसार ३ हजार ५ सय ९५ मत गणना गरिँदा कोइरालाले २ हजार ९ सय ४० मत प्राप्त गर्नुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । दोस्रो स्थानमा रहेका नारायणप्रकाश साउदले २ हजार २ सय ६१, तेस्रो स्थानमा रहेका बालकृष्ण खाँणले २ हजार २ सय ७, चौथोमा रहेका उदयशम्शेर राणाले २ हजार १ सय ६७ तथा पाँचौँ स्थानमा रहेका रामहरि खतिवडाले २ हजार १ सय ४७ मत प्राप्त गरेका छन् । 

    त्यस्तै रमेश लेखकले २ हजार १ सय ३१, ज्ञानेन्द्रबहादुर कार्कीले २ हजार १ सय २७, शंकर भण्डारीले २ हजार १ सय १२, जीपछिरिङ लामाले २ हजार ३५, अर्जुननरसिंह केसी २ हजार ३०, गोपालमान श्रेष्ठले १ हजार ९ सय ५२, जीतजंग बस्नेतले १ हजार ९ सय ३९, नैनसिंह महरले १ हजार ८ सय ८३, सुनिलबहादुर थापाले १ हजार ८ सय ८१ र डा. रामशरण महतले १ हजार ८ सय ७५ मत प्राप्त गरेका छन् । उनीहरु क्रमश : छैटौँ, सातौँ, आठौँ, नवौँ, दशौँ, एघारौँ, बाह्रौँ, तेह्रौँ, चौथौँ र पन्ध्रौँ स्थानमा रहेका छन् । 

    त्यसै गरी मत परिणामअनुसार ३५ औँ स्थानसम्म क्रमशः  दिलेन्द्रप्रसाद बडू, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, राजिव ढुंगाना, सञ्जयकुमार गौतम, प्रा डा गोविन्दराज पोखरेल, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा. गोपाल दहित र इञ्जिनियर मोहन आचार्य रहनुभएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। खुला केन्द्रीय सदस्यमा कांग्रेसको विधानअनुसार ३५ जना सदस्यमा निर्वाचित हुने व्यवस्था छ । रासस