
सोमवार , पौष ५, २०७८
भैरहवा, ५ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धार्थनगर नगर कमिटीको दोस्रो पूर्ण बैठक शनिबार भैरहवामा सम्पन्न भएको छ । नगर बैठकले १५ सदस्यीय नगर सचिवालय समिति गठन गरेको छ । सचिवालय सदस्यमा दीपक थापा, लक्ष्मण सुनार (रामप्रसाद), दर्पण श्रेष्ठ, जोसलिन श्रेष्ठ, सहवान अली (समिर), सुनिल कानु बनिया, लोकेन्द्र बहादुर धामी, तुल्सी प्रसाद न्यौपाने, जोसन गुरुङ, कञ्चन कुवर, कपिल चापागाई, रविन मल्ल, कृष्ण प्रसाद मरासिनी, धिरज क्षेत्री र महेन्द्र प्रसाद यादव रहेका छन् ।
बैठकले सिद्धार्थनगरका विभिन्न वडामा इञ्चार्जको जिम्मेवारी तोकेको छ । जसअन्तर्गत वडा नम्बर १ मा लक्ष्मण सुनार (रामप्रसाद), २ मा दीपक थापा (सेतु), ३ मा केशव कुवर, ४ मा रविन मल्ल, ५ मा दर्पण श्रेष्ठ, ६ मा महेन्द्र प्रसाद यादव, ७ मा कपिल चापागाई, ८ मा जय बहादुर सुनार (ध्रुव), ९ मा मेराज खान, १० मा रामचन्द्र कोइरी, ११ मा मसहुर आलम खान र १२ मा डम्बर बहादुर खत्री रहेका छन् ।
त्यस्तै बैठकले पार्टीको सहायक तथा जनवर्गीय मोर्चाहरुको इञ्चार्जको जिम्मेवारी तोकेको छ । जसअन्तर्गत योंग कम्युनिष्ट लिग (वाई.सि.एल.)मा सहवान अली (समिर), अखिल (क्राान्तिकारी) मा तुल्सी प्रसाद न्यौपाने, अखिल नेपाल ट्रेड युनियन महासंघमा सुनिल कानु बनिया, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)मा कमला थापा, दलित मुक्ति मोर्चामा लक्ष्मण सुनार (रामप्रसाद), मधेशी मुक्ति मोर्चामा सुनिल कानु बनिया, मुस्लिम मुक्ति मोर्चामा मेराज खान र तमु मुक्ति मोर्चाको जिम्मेवारी जोशन गुरुङलाई जिम्मेवारी दिइएको माओवादी केन्द्र सिद्धार्थनगरका उपाध्यक्ष जय बहादुर सुनार (ध्रुव)ले बताए ।
त्यसै गरी बैठकले सूचना तथा सञ्चार विभागमा लोकेन्द्र बहादुर धामी, स्वास्थ्य विभागमा दिलिप प्रजापति, सांस्कृतिक विभागमा शिवम जयसवाल, नगरपालिका विभागमा केशव कुवर, जिल्ला प्रहरी, प्रशासन कार्यालयमा जय बहादुर सुनार (ध्रुव), अन्य सरकारी कार्यालयमा दीपक थापा, व्यापार संगठनमा दर्पण श्रेष्ठ र कृषि तथा सहकारीमा लोकेन्द्र बहादुर धामीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । माओवादी केन्द्र सिद्धार्थनगरका अध्यक्ष नारायण हमाल ठकुरीको अध्यक्षता, उपाध्यक्ष मेराज खानको स्वागत तथा सचिव केशव कुवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बैठकमा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज तीर बहादुर रोकाय (डार्बिन), प्रदेश सदस्य रियाज अहमद, क्षेत्रीय संयोजक उमेश खनाल, मनिष कुमार जोशी लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij