
मंगलवार , पौष ६, २०७८
भैरहवा, ६ पुुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भैरहवामा स्वागत गरिएको छ । ओलीलाई नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीले मंगलबार भैरहवास्थित बुद्धचोकमा भव्य स्वागत गरेको हो ।
पार्टीको कार्यक्रमको सिलसिलामा कपिलवस्तु जान लागेका नेता ओलीलाई बुद्धचोकमा स्वागत गरिएको एमाले सिद्धार्थनगरका अध्यक्ष चक्रबहादुर थापाले बताए ।
अध्यक्ष ओलीलाई स्वागत गर्न पार्टीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको एमाले सिद्धार्थनगरका सचिव नारायण प्रसाद भण्डारीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij