२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

कांग्रेस केन्द्रीय सदस्यमा रुपन्देहीका अब्दुल रज्जाक विजयी

मंगलवार , पौष ६, २०७८

काठमाडौं, ६ पुस ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । मंगलबार सार्वजनिक भएको मत परिणामअनुसार केन्द्रीय सदस्य मुस्लिम (खुला) पदमा अब्दुल रज्जाक २ हजार ३ सय ९० मतका साथ विजयी भएका छन् । रज्जाक कांग्रेस रुपन्देहीका निवर्तमान सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री हुन् ।

त्यस्तै अब्दुल सतार २ हजार २ सय २८ मतका साथका साथ निर्वाचित भएका छन् । सो पदमा उम्मेदवारहरु अकिल मियाँले १ हजार ५ सय ९९, अब्दुल रहिमले २ सय ९९, मो इर्शाद अन्सारीले १ हजार ४ सय २१, मो नशिर सिद्दिकीले १ सय २३, मोख्तार अहमदले २ सय १८, मोहम्मद निजामुद्दिनले १ सय ७९, सलाउद्दिन मियाँले १ सय ६८ र हसन अन्सारीले ४ सय १ मत प्राप्त गर्नुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

त्यसै गरी केन्द्रीय सदस्य मुस्लिम (महिला)तर्फको एउटा पदका लागि भएको निर्वाचनमा जावेदा खातुन जागाले १ हजार ९ सय मत प्राप्त गर्दै विजयी भएकी छन् । अन्य उम्मेदवारहरु गोमा पराजुली (अन्सारी)ले ४ सय ७८, जमिला खातुनले ३ सय ३८, जमिला मियाँले १ हजार ४ सय ४१, यासिबा रहमानले २ सय ३ र सनम वेगमले १ सय ४६ मत प्राप्त गरेका छन् ।