२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

जनसंगठनलाई प्रभावकारी बनाउन एमालेको कार्यदल

बुधवार , पौष ७, २०७८

काठमाडौं, ७ पुस ।
नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रको पहिलो बैठकले जनसंगठन प्रभावकारी बनाउन सुझाव दिन कार्यदल गठन गरेको छ । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिको केन्द्रीय कमिटीको बैठकले गठन गरेको जनसंगठन संयन्त्रका आजको पहिलो बैठकले संयन्त्रका संयोजक भानुभक्त ढकालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलका सदस्यमा गोकुल बाँस्कोटा, महेश बस्नेत, पार्वत गुरूङ, माधव ढुंगेल, विष्णु रिजाल र रचना खड्का रहेका छन् ।

कार्यदलले जनसंगठनका पदाधिकारी कति जना रहने ? जनसंगठनमा काम गर्नेहरूको पार्टीमा स्टाटस के हुने ? जनसंगठनबाट बिदा भएका पार्टी काममा पुगेका छैनन् भने कसरी पुर्याउने ? भन्ने विषयमा छलफल गरेर मोर्चा संयन्त्रको बैठकमा सुझाव पेश गर्नेछ ।

संयन्त्रको आजको बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, जनसंगठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरू उपस्थित रहेका थिए । रासस