
बिहिवार , पौष ८, २०७८
भैरहवा, ८ पुस ।
नेपाली कांग्रेस रुपन्देहीले स्व. भुवनेश्वरी ढकालको १२ औं पुण्यतिथिका दिन शोक सभा गरेको छ । कांग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल तिलोत्तमा वडा नम्बर १३ का वडा सभापति नारायण ढकाल लगायत ढकाल परिवारमा पर्न गएको दुःखप्रति शोक व्यक्त गर्दै मृतक आमाको बैकुण्ठमा वासको कामना गर्दै कार्यक्रम आयोजना गरेको हो ।
शोक सभामा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले जन्म र मृत्युु संगैलिएर आएको हुँदा मृत्युलाई सहजै स्वकार्नुपर्ने मानव जातिको बाध्यता रहेको बताए । कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर पुनले स्वर्गीय आमाको बैकुण्ठ बासको कामना गरे ।
शोक सभामा लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँ, प्रमुख सचेतक फकुरुद्दीन खान, सांसद रमा अर्याल, अष्टभुजा पाठक, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङ, प्रदेश नम्बर ३ ख का सभापति घनश्याम चालिसे, कांग्रेस तिलोत्तमा नगरपालिकाका सभापति हरिलाल पाण्डे लगायतले स्वर्गीय भुवनेश्वरी ढकालले कांग्रेसमा दिनुभएको योगदान महत्वपूर्ण रहेको चर्चा गरे ।
कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले स्व.आमाले दिनुभएको शिक्षादीक्षा पालन पोषण मा ८३ वर्षको उमेरसम्म कुनै कसुर नराखेको बताए ।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले संसारमा आमा भन्दा ठूलो कोही नहुने भन्दै ढकाल परिवारको शोक आफ्नो शोक भएको बताए । कांग्रेस जिल्ला सचिव हरि काफ्लेको सञ्चालन गरेको उक्त कार्यक्रममा सयौ कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij