२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

एमाले अध्यक्ष ओलीलाई १५१ किलोको माला

बिहिवार , पौष ८, २०७८

वीरगंज, ८ पुस ।

नेकपा (एमाले)को जिल्ला समिति पर्साले आज जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा आज आयोजित एक कार्यक्रममा १५१ किलोको माला लगाएर स्वागत गरिएको छ । कार्यक्रममा पार्टी कार्यकर्ताले उनलाई १५१ किलोको माला लगाइएर स्वागत गरेका थिए । 

जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा आएका हुन् । सो क्रममा ओलीले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया लगायतका सयौँ नेताकार्यकर्तालाई नेकपा (एमाले)मा प्रवेश गराई स्वागत गरेका थिए । मिया नेकपा (माओवादी केन्द्र) बाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।