२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

गृहमन्त्री खाँणलाई गृह जिल्ला रुपन्देहीमा स्वागत

शुक्रवार , पौष ९, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, ९ पुस ।
    गृहमन्त्री बालकृष्ण खाँणलाइ शुक्रबार साँझ गृह जिल्ला रुपन्देहीको भैरहवामा भव्य स्वागत गरिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा अत्याधिक मतले विजय भएपछि पहिलोपटक गृह जिल्ला रुपन्देही आएका नेता खाँणलाइ कांग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुकले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा स्वागत गर्दै बधाई दिएका हुन । 

    कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, संविधानसभा सदस्य इस्तियाक अहमद खान, जैतुन निसा, रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङ, सिद्धार्थनगर सभापति कोशिस बहादुर खड्का लगायत सयौंको सहभागिता रहेको थियो ।

    सो अवसरमा नेता खाँणले आफूलाई विजयी बनाउन सहयोग तथा मतदान गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए ।