२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

लोसपाका अध्यक्ष महन्थ ठाकुर शनिबार रुपन्देही आउँदै

शुक्रवार , पौष ९, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, ९ पुस ।
    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर भोलि (शनिबार) रुपन्देही आउने भएका छन् । पार्टीले रुपन्देहीको मायादेवी गाउँपालिका–४ स्थित सेमरीमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न ठाकुर रुपन्देही आउने पार्टीका युवा नेता मोहम्मद इस्लाम खानले बताए । आमसभा दिउँसो १२ बजेदेखि सुरु हुने खानले जानकारी दिए ।

    आमसभालाई पूर्वमन्त्री तथा पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी, पूर्वमन्त्री तथा केन्द्रीय कार्यकारिणी सदस्य सवेन्द्रनाथ शुक्ल, केन्द्रीय कार्यकारिणी सदस्य इकबाल अहमद साह, निलम कुमारी यादव लगायतले सम्बोधन गर्ने उनले बताए ।