
शुक्रवार , पौष ९, २०७८
भैरहवा, ९ पुस ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर भोलि (शनिबार) रुपन्देही आउने भएका छन् । पार्टीले रुपन्देहीको मायादेवी गाउँपालिका–४ स्थित सेमरीमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न ठाकुर रुपन्देही आउने पार्टीका युवा नेता मोहम्मद इस्लाम खानले बताए । आमसभा दिउँसो १२ बजेदेखि सुरु हुने खानले जानकारी दिए ।
आमसभालाई पूर्वमन्त्री तथा पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी, पूर्वमन्त्री तथा केन्द्रीय कार्यकारिणी सदस्य सवेन्द्रनाथ शुक्ल, केन्द्रीय कार्यकारिणी सदस्य इकबाल अहमद साह, निलम कुमारी यादव लगायतले सम्बोधन गर्ने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij