
शनिवार , पौष १०, २०७८
भैरहवा, १० पुस ।
नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ को प्रथम वडा सम्मेलन शुक्रबार भैरहवामा सम्पन्न भएको छ । सम्मेलनले विष्णु पाण्डेको अध्यक्षतामा १७ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा दुर्गा जि.सी., सचिवमा मीरा पौड्याल, सह–सचिवमा निलम मिश्रा, सरस्वती मौर्या र कोषाध्यक्षमा विन्दु पौडेल रहेका छन् ।
त्यस्तै सदस्यमा सुमन मिश्रा, सविना मुसलमान, मीना कुमारी गुप्ता, अर्बुन निशा, ज्योति कालिकोटा, गीता वि.क., किरण मिश्रा, दिल सोभा खड्का, बन्टी थापा, बसन्ती घिमिरे पौडेल र कोकीला पौडेल रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेमसंघ लुम्बिनी प्रदेश सदस्य सीता काफ्ले ढुंगानाले अनेमसंघले रचनात्मक कार्य गर्दै आएको बताइन् ।
कार्यक्रममा नेकपा (एमाले) सिद्धार्थनगर कमिटीका सह–सचिव कुमार गुरुङ, नगर सचिवालय सदस्य तथा सिद्धार्थनगर–६ का इञ्चार्ज नसिबदार धुनिया, पार्टीका सिद्धार्थनगर–६ का अध्यक्ष राम दयाल गुप्ता, सचिव मदन पौडेल लगायतले बोलेका थिए ।
अनेमसंघ सिद्धार्थनगर कमिटीका अध्यक्ष पार्वती पौडेलको अध्यक्षता, अनेमसंघ सिद्धार्थनगर कमिटी सदस्य तथा सिद्धार्थनगर–६ का इञ्चार्ज अनिता थापाको स्वागत तथा अनेमसंघ नगर सचिव दिलु कुंवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij