२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

कम्युनिष्ट आन्दोलनका विरुद्धमा लाग्नेहरु पार्टीबाट बाहिरिए : छविलाल विश्वकर्मा

शनिवार , पौष १०, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • परासी, १० पुस ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव छविलाल विश्वकर्माले नेपाली कम्युनिष्ट आन्दोलनको निरन्तरताको जिम्मेवार अंग एमाले भएको बताएका छन् । उनले कम्युनिष्टको नाममा विकृति र विचलन ल्याउनेहरुले कम्युनिष्ट पार्टीको बदनाम गरेको उल्लेख गर्दै एमालेले त्यस्ता गलत प्रवृतिकोविरुद्धमा आफुलाई सशक्त रुपमा उभ्याएको बताए ।

    पार्टीको नवलपरासी जिल्ला कमिटी बैठकमा बोल्दै विश्वकर्माले अहिलेको एमाले साविकको नेकपाको निरन्तरताको अंग रहेको दावी गरे । पार्टी लुम्बिनी प्रदेशका इञ्चार्ज समेत रहेका नेता विश्वकर्माले कम्युनिष्ट आन्दोलनका विरुद्धमा लाग्नेहरु पार्टीबाट बाहिरिएको बताउँदै उनीहरुको बर्हिगमनले पार्टीलाई कुनै प्रभाव नपर्ने ठोकुवा गरे ।

    एमालेले लिएको सोच र विचारबाट विपक्षीहरु अत्तालिएको बताउँदै विश्वकर्माले पार्टीलाई थप सशक्त बनाउन कार्यकर्ताहरु प्रतिबद्ध भएर लाग्नु पर्नेमा जोड दिए । विश्वकर्माले भने, ‘पार्टी संगठनलाई अराजकताबाट जोगाउन कार्यकर्ताहरुले विशेष ध्यान दिनुपर्दछ । “ 

    विविधतालाई एकतामा परिणत गरी आपसी विश्वासको संकटलाई अन्त्य गर्नुपर्ने औल्याउँदै उनले उन्नत र विकसित समाज निर्माणमा लाग्न सबै कार्यकर्ताहरुलाई प्रेरित गर्नुपर्ने बताए ।
    एमालेले बोकेको सुखी नेपाली र सम्वृद्ध नेपाल भन्ने लक्ष्य राष्ट्रिय आकांक्षाको रुपमा रुपान्तरित भएको उल्लेख गर्दै विश्वकर्माले एमालेको अगुवाइबाट मात्रै राष्ट्रको सम्वृद्धि सम्भव रहेको उनले दावी गरे । 
    पार्टीका नवलपरासीका अध्यक्ष तुल्सी प्रसाद पासीको अध्यक्षता, उपाध्यक्ष डोलराज भण्डारीको स्वागत तथा सचिव थानप्रसाद गैरेको सञ्चालनमा भएको बैठकमा पार्टीका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सह–इन्चार्ज बैजनाथ चौधरी, पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज सरिता खनाल, लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए । 
    बैठकले पुस २३ गते पार्टीको जिल्ला अधिवेशन बर्दघाटमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ । त्यसै गरी अधिवेशनमा ५ सय २८ जना प्रतिनिधि सहभागी हुने पार्टीका जिल्ला उपसचिव राजन आचार्यले जानकारी दिए ।