२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

राष्ट्रिय युवा संघ सिद्धार्थनगर : एकैदिन तीनवटा वडामा अधिवेशन

आइतवार , पौष ११, २०७८

भैरहवा, ११ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगर कमिटीले नगरका विभिन्न वडा अधिवेशन सम्पन्न गरिरहेको छ । युवा संघले शनिबार (एकैदिन) नगरका तीनवटा वडामा वडा अधिवेशन गरेको हो । संघले वडा नम्बर ६, १ र १३ मा शनिबार अधिवेशन गरेको नगर सचिव रोशन थापाले बताए ।

जसअन्तर्गत वडा नम्बर ६ मा सुरज धवलको अध्यक्षतामा ३३ सदस्यीय वडा कमिटी सर्वसम्मत गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा वेदानन्द मल्लिक, विशाल रौनियार, रितेश अर्याल, सचिवमा धिरज अग्रहरी, उपसचिवमा उमेश कोरी र दिपेश धरिकार रहेका छन् ।

त्यस्तै सदस्यहरुमा फिरोज मुसलमान, श्रवण धवल, सलमान खान, रफिक फारुकी, राजकुमार भर, मोहम्मद हलिम, कृष्ण चौधरी, सागर सहानी, गणेश लोध, हरि वर्मा, जयपुकार धवल, सुरेन्द्र कुर्मी, कृष्ण रजक, हरि ठाकुर, गोविन्द, दिपेश अर्याल, राहुल क्षेत्री, विनोद खनाल, शुभम कर्ण, अजय यादव, मनिष गिरी, विजय यादव, निहाल रौनियार र विजय धवल रहेका छन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले मुलुकको पहिलो शक्ति एमाले अझै बलियो बन्दै गएको बताए । उनले अन्य पार्टी कमजोर भएकाले एमालेविरुद्ध सबै एक ठाउँमा आएको बताए । नेता थापाले अन्याय अत्याचारविरुद्ध राष्ट्रिय युवा संघ, नेपालले आवाज उठाउनुपर्ने बताए ।

राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर कमिटीका अध्यक्ष कृष्ण मल्ल ठकुरीले युवाहरुले अब अन्यायविरुद्ध जोडदार रुपमा आवाज उठाउनुपर्ने बताए । उनले अब युवाले मुलुककै नेतृत्व लिन सक्ने बताए ।

एमाले सिद्धार्थनगर सचिवालय सदस्य तथा सिद्धार्थनगर–६ का इञ्चार्ज नसिबदार धुनिया, पार्टीका सिद्धार्थनगर–६ का अध्यक्ष राम दयाल गुप्ता, सचिव मदन पौडेल, राष्ट्रिय युवा संघ सिद्धार्थनगरका उपाध्यक्ष प्रविन आचार्य, कोषाध्यक्ष प्रितम पुन, नगर कमिटी सदस्य विक्की गुरुङ लगायतले बोल्दै आगामी एमाले नै देश र जनताको हितमा काम गर्ने पार्टी भएको बताए ।

269719828_203312285254443_2051115082050552549_n.jpg

त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ मा उत्तम पुनको अध्यक्षतामा २५ सदस्यीय वडा कार्यसमिति निर्वाचित भएको छ । जसको उपाध्यक्षमा सुरज क्षेत्री, सुरेश राना, सचिवमा सिजन थापा, उपसचिवमा रोहित थापा र शिवानन्द सिंह रहेका छन् ।

त्यसै गरी सदस्यहरुमा रितेश गुरुङ, रिजभ गुरुङ, अनिल गुरुङ, सुभास तामाङ, राहुल गुरुङ, सुमन खड्का, कुमार गुरुङ, मनिष श्रेष्ठ, अनुभव ठकुरी, सोनु धवल, मोनु धवल, सचिन थापा, प्रकाश खनाल, निखिल गुरुङ, राहुल गुरुङ, राजा कार्की, सन्दिप थापा, प्रिन्स शाही र महेश गुरुङ रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीले युवाहरुको कांधमा जिम्मेवारी थपिएको बताए । कार्यक्रममा एमाले सिद्धार्थनगर नगर कमिटीका उपसचिव कुमार गुरुङ, नगर सचिवालय सदस्य तथा युवा संघका इञ्चार्ज नर्जुन गुरुङ, छबिलाल भट्टराई, प्रविन आचार्य, विरेन राना, अनिश थापा, विक्की गुरुङ, विनम्र थापा क्षेत्री, विशाल श्रेष्ठ लगायतले बोलेका थिए ।

267089856_219574247018030_4015833950151970771_n.jpg

त्यस्तै राष्ट्रिय युवा संघ सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन्दिप सिंह ठकुरीको अध्यक्षतामा  २५ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा प्रियाव्रत जंग राणा, नविन गुरुङ र सचिवमा सिद्वान्त थापा रहेका छन् ।

त्यस्तै सदस्यमा विशाल राना, आयुष गुरुङ, सन्दिप गुरुङ, अनिश गुरुङ, वसन्त कुमार थापा, निशु गुरुङ, युनिश तामाङ, रोनित क्षेत्री, विज्ञान थापा, पियुष मान श्रेष्ठ, देवेन्द्र चौधरी, पुकार गुरुङ, शिवराज गुरुङ, मनिष गुरुङ, राकेश ठाकुर, महेश कुमार नेपाल, अन्जन जोशी, अमन गुरुङ र सुजन थापा मगर रहेका छन् ।

269744719_449889559852827_3691240637866549193_n.jpg

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले क्षेत्रीय सदस्य नरेन्द्र भण्डारीले एमाले थप शक्तिशाली बन्दै गएको बताए । कार्यक्रममा एमाले सिद्धार्थनगर नगर उपसचिव कुमार गुरुङ, पार्टीका नगर कमिटी सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघ इञ्चार्ज नर्जुन गुरुङ, एमाले नगर कमिटी सदस्य तथा सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सतिष मर्सानी, एमाले सिद्धार्थनगर–१३ का अध्यक्ष तथा नगर विद्यार्थी सह–इञ्चार्ज भिम भण्डारी, एमाले सिद्धार्थनगर–१३ का सचिव चन्द्रध्वज धकाली, राष्ट्रिय युवा संघ सिद्धार्थनगर कमिटी उपाध्यक्ष आयुष अधिकारी लगायतले बोलेका थिए ।

269697049_5551220768238098_1877114609744914899_n.jpg

वडा नम्बर ६, १ र १३ को अधिवेशन राष्ट्रिय युवा संघ नेपाल, सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरीको अध्यक्षता तथा सचिव रोशन थापाको सञ्चालनमा सम्पन्न भएको थियो । एकै दिन तीन वटा वडामा अधिवेशन सम्पन्न गरिएको र यो ऐतिहासिक अधिवेशन भएको संघका नगर सचिव रोशन थापाले बताए ।