
आइतवार , पौष ११, २०७८
भैरहवा, ११ पुस ।
नेपाल तरुण दल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा सिद्वान्त खनालको अध्यक्षतामा ५१ सदस्यीय तरुण दल वडा समिति निर्विरोध चयन भएको छ । जसको उपाध्यक्षमा सुनिल सहानी, सचिवमा अविनाश मौर्य, कोषाध्यक्षमा बन्दना पौडेल र सह–सचिवमा मोहनजंग क्षेत्री चयन भएका छन् ।
तरुण दल पुनर्गठन कार्यक्रम नेपाली कांग्रेस वडा समिति ९ का सभापति श्यामसुन्दर खनालको अध्यक्षतामा तथा वडा सचिव फणिन्द्र पौडेलको सञ्चालनमा भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य तथा नेपाल तरुण दल रुपन्देहीका सभापति सोम बहादुर गुरुङ, कांग्रेस नगर समिति सिद्धार्थनगरका सभापति कोशिस बहादुर खडका, पार्टीका महाअधिवेशन प्रतिनिधि तथा नेपाल तरुण दल सिद्धार्थनगर अध्यक्ष दीपेन्द्र बुढापृती, कांग्रेस महाअधिवेशन प्रतिनिधि महेन्द्र कुमार श्रेष्ठ, कांग्रेस क्षेत्रीय सदस्यहरु कृष्ण खनाल, रामवृक्ष यादव, डिल्लीराज अधिकारी, सिद्धार्थनगर समितिका सदस्यहरु गायत्री अर्याल, आकाश पौडेल, नवराज अर्याल, नेपाल शिक्षक संघ सिद्धार्थनगर अध्यक्ष चतुर्भुज रेग्मी, अग्रज नेताहरु नानुमाया पौडेल, दन्डपानी शर्मा, लक्ष्मी अधिकारी, युवराज पाण्डे, ओमप्रकाश अर्याल तथा क्षेत्रीय प्रतिनिधिहरु, वडा कार्यसमिति पदाधिकारी सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij