२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव दर्ता

आइतवार , आश्विन २५, २०७७

सुर्खेत, २५ असोज । 
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आफ्नै सांसदले आइतबार अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । शाहीलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् ।

अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाह लगायत रहेका छन् ।

नेकपा संसदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको काम÷कारबाही फितलो भएको सांसदहरुको आरोप छ ।