२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

राप्रपाद्वारा रुपन्देहीका विभिन्न स्थानमा दीप प्रज्जवलन

बुधवार , पौष १४, २०७८

भैरहवा, १४ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीको विभिन्न स्थानमा दीप प्रज्जवलन गरेको छ । स्वर्गीय राजा विरेन्द्रको ७६ औं जन्मजयन्तीको अवसर पारेर बुधबार दीप प्रज्जवलन गरिएको राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले बताए । स्वर्गीय राजा विरेन्द्रको जीवनीको चर्चा तथा दीप प्रज्जवलन गरी जन्मजयन्ती मनाइएको गुप्ताले बताए । 

राप्रपा सिद्धार्थनगर नगर समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठको अध्यक्षता, पूर्व गृहमन्त्री निरञ्जन थापाको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सदस्य विश्व श्रेष्ठ, जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, जिल्ला सचिव बलराम शर्मा लगायतको उपस्थितिमा भैरहवामा जन्मजयन्ती मनाइएको छ ।

त्यसै गरी बुटवलमा पार्टीका नगरअध्यक्ष निरज खाँणको अध्यक्षता, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयको प्रमुख आतिथ्यता, प्रदेश सदस्य राजन अधिकारी, रुपन्देही जिल्ला प्रवक्ता पूनाराम पोखरेल, क्षेत्र नम्बर २ का अध्यक्ष राम बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

269685586_448046170235891_1638074687085828314_n.jpg

देवदह नगरपालिकामा नगरअध्यक्ष माधव रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  उपाध्यक्ष विनोद सेञ्चुरी, युवा नेता ज्ञानु तिवारी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । त्यसै गरी शुद्धोधन गाउँपालिकामा ईकाई अध्यक्ष पुष्प थारूको अध्यक्षता, तथा क्षेत्र नम्बर ३ का सचिव शंकर कार्कीको विशेष उपस्तिथिमा कार्यक्रम गरिएको राप्रपा रुपन्देहीले जनाएको छ ।

263721332_695140418136232_3917102087046392127_n.jpg